दफा १७
फर्म वा संगठित संस्थाको दायित्व
कुनै फर्म वा संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा त्यसरी उल्लङ्घन गर्ने कुनै फर्म भए फर्मको धनी वा साझेदार र कुनै संगठित संस्था भए सो संस्थाको कामकाज गर्ने मुख्य प्रशासकीय अधिकारी दफा १६ बमोजिमको सजायको भागी हुनेछ ।